रास्वपाका १०७ उम्मेदवार विजयी हुँदा कांग्रेसका १४


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०७ क्षेत्रमा विजयी भएकोे छ । पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवारले १८ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १३५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने ३ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।