काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल पाँच मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् ।
पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

प्रतिक्रिया