वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्केत पनि दिए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, “आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ ।” उनले इरानको ‘खराब व्यवहार’ का कारण केही क्षेत्र र समूहहरूलाई पूर्ण विनाश र निश्चय मृत्युको खतरा भैरहेको बताए ।
यसअघि इरानी राष्ट्रपति मसूद पेझेस्कियनले नको देश कहिल्यै इजरायल र अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताएका थिए ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध अभियान सुरु गरेका थिए, र त्यसयता इरानले इजरायल र गल्फका अमेरिकी क्षेत्रहरूलाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत प्रहार गर्दै आएको छ ।
ट्रम्पले थप लेखेका छन्, “इरान अब मध्यपूर्वको धम्की दिने शक्ति होइन । उहाँहरू मध्यपूर्वको हार्ने पक्ष हुन् ।”

प्रतिक्रिया