तनहुँ –१ मा डा. स्वर्णिम वाग्ले निर्वाचित


दमौली । तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्ले ३८ हजार ४० मत प्राप्त गरी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेकी भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।