काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमध्ये ८३ स्थानमा रास्वपा नै अगाडि छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी भएका छन् भने कांग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई स्थानमा विजयी आठ स्थानमा अगाडि छ ।
श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

प्रतिक्रिया