वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै पन्त विजयी भएका हुन् ।
पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने यादवले १३ हजार ३० मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया