कालीकोटमा नेकपाका महेन्द्र शाही विजयी


कर्णाली । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाही ११ हजार ३३८ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।