काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार मतदान हुँदैछ । मतदानका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा तयारी तीव्र पारिएको छ । सुरक्षाकर्मी, कर्मचारीहरु निर्वाचन सामग्रीसहित मतदान केन्द्र र मतदानस्थलहरुमा पुगिसकेका छन् ।
कतिपय हिमाली जिल्लामा भने हेलिकप्टरबाट निर्वाचन कर्मचारी, सुरक्षार्की र निर्वाचन सामग्री ढुवानी गरिएको छ । यतिबेला सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्र, मतदानस्थल तथा मतगणना स्थल निर्माणको काम भइरहेको छ ।
त्यसैगरी सुरक्षाकर्मी परिचालन र सुरक्षाका विषयमा सर्वदलीय बैठक राख्ने कामसमेत भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि महिला, पुरुष, वृद्धवृद्धा, अपांगता भएकाहरुलाई छुट्टाछुट्टै लाइनको व्यवस्था गरिने आयोगले जनाएको छ ।







प्रतिक्रिया