सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सिरहाबाट नगदसहित पक्राउ परेका छन् । सिरहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका हुन् ।
मौन अवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । उनी सिराहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे गाडीसहित पक्राउ परेका मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए ।
उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ। सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया