ललितपुर । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार अपरान्ह विद्युत् सर्ट भएका कारण भएको आगलागी महानगरको ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
‘हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ’, उनले भने ।
आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए।

प्रतिक्रिया