काठमाडौँ । नेपाली फिल्म ‘लालिमा’को ट्रेलर सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छिन् ।
फिल्ममा नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको दिन पारेर ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया