काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) संघीय निर्वाचन सम्पादन समितिका सदस्य इन्जिनियर डा शंकर ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काभ्रे जिल्लाका ऊर्जाशील युवा ढकाललाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
उनी काभ्रे २ बाट उम्मेद्वार रहेका मधु आचार्यलाई सहयोग गर्ने गरि कांग्रेस प्रवेश गरेका शर्माले जानकारी दिए । बदलिएको कांग्रेसले देश बदल्न सक्छ भन्ने विश्वासका साथ पार्टी प्रवेश गरेको ढकालले बताए । उनले आइतबार नै संघीय निर्वाचन सम्पादन समिति संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल समक्ष राजीनामा दिएका थिए ।

प्रतिक्रिया