महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त छन् । पोखरेलको घरदैलो अभियान अन्तिम चरण पुग्दै गर्दा समग्र क्षेत्र तारा चुनाव चिह्नमय भएको छ । स्मरण रहोस् पोखरेललाई विगतमा पनि तारा चुनाव चिह्न फाफेको थियो ।
यसपटक पनि पोखरेललाई तारा चुनाव चिह्न फाफ्ने उनको पक्षमा देखिएको जनलहरले देखाईसकेको छ । पोखरेल पहिलोपटक २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि महोत्तरी क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा रहँदा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट तारा चुनाव चिह्नबाट नै विजयी भएका थिए ।
पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट तारा चुनाव चिह्न लिएर २०६४ सालमा विजयी हुँदा २०७० र २०७४ सालमा भएको संसदीय निर्वाचनमा भने तत्कालिन नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नबाट विजयी भएका थिए ।
तत्कालिन नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायतका वाम घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएपछि यो पार्टीले निर्वाचन आयोगबाट तारा चुनाव चिह्न पाएको हो । महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल हाल तारा चिह्न लिएर निर्वाचनमा होमिरहँदा पुनः यस क्षेत्रमा तारा चम्किने सो पार्टीका नेता कार्यकर्ता बताउँछन । महोत्तरी–१ बाट पोखरेलले अन्तिम पटक चुनावी प्रतिस्पर्धामा छन् । उनले यसपछिका निर्वाचनमा प्रतिस्पर्धा नगर्ने यसअघि नै बताएका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको स्पष्ट कार्यक्रम र संगठनात्मक सुदृढताले जनविश्वास बढाएको संकेत मिलिरहेको छ ।
जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका मुद्दामा केन्द्रित उम्मेदवार पोखरेलको अभियानले महोत्तरी क्षेत्र नम्बर १ का बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिकाको चारवटा वडासम्म सकारात्मक प्रभाव पारेको बताइन्छ ।
फागुन २१ को निर्वाचनलाई परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्रसँग जोड्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल जनताको घरदैलोमा निरन्तर संवाद गरिरहेका छन् । क्षेत्रभर देखिएको यो उत्साह र समर्थनलाई नेपाली कम्युनिष्ट पार्टी महोत्तरी १ ले जनमतको बलियो आधारका रूपमा लिएको छ ।

प्रतिक्रिया