काठमाडौँ । दाङमा नेकपा एमालेको झण्डा जलाइएको छ । बिहीबार राति एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाइएको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएको हो ।
झण्डा जलाउने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध र रास्वपाको घण्टीका पक्षमा नाराबाजी भएको दृष्यमा देखिन्छ । रास्वपाका कार्यकर्ताले झण्डा जलाएको आरोप लागेको छ ।
तर रास्वपाले आफूहरुले झण्डा नजलाएको भन्दै छानबिन गर्न माग गरेको छ । झण्डा जलाएकोप्रति एमालेले आपत्ति जनाउँदै प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।
एमाले नेतृ शान्ता चौधरीले भनेकी छन्, ‘सलाई र लाइटर बालेर हाम्रो आस्थाको प्रतिक झण्डा जलाउने तिम्रो हातहरु, हामी दही जमाएर बस्ने छैनौँ । प्रतिकार अब दाङबाटै शुरु हुन्छ । जाई लागिन्न तर आइलाग्नेलाई छोडिन्न । अराजकताको पराकास्ट रास्वपाले दाङको तुल्सीपुरमा देखाउँदैछ चुनावको प्रचार प्रसार गर्न पाइन्छ तर अरु पार्टीको चुनाव चिन्ह र झण्डा जलाउन पाइँदैन चेतना भया !’

प्रतिक्रिया