काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमाले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन् । बुधबार काठमाडौंको टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेको पोखरेलले भने, ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन ।’
नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया