काठमाडौँ । फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो ।
गीतमा अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायत समेटिएका छन् । गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व–रोमान्स देख्न सकिन्छ।
रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ । गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो ।
रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ । फिल्म फागुन २९ मा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया