रूपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेपछि…


काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका हुन् । सोमबार उनी पार्टी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।