प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन


काठमाडौँ । महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन् ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका छन् ।