टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै


काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ ।

नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ ।