कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित


काठमाडौं। नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

केही प्राविधिक समस्याका कारण भोलिको लागि तय भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

घोषणापत्र सार्वजनिक कार्यक्रमको अर्को मिति छिटै सार्वजनिक गरिने प्रवक्ता देवराज चालिसेले बताए । कांग्रेसले ६ गते मधेश प्रदेशमा चुनावी सभा गर्ने कार्यक्रम राखेका छ ।