नेपाली राष्ट्रियता झल्काउने गीत ‘नेपाली हौँ हामी’


काठमाडौँ । नेपाली राष्ट्रियता झल्काउने अनिल अधिकारीको स्वरमा रहेको ‘नेपाली हौँ हामी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द, संगीत संयोजन र स्वर अधिकारी लगायत समूहको रहेको छ । गीतले पुर्खाको वीरता, देशको भविष्यप्रति आशा र नेपाली हुनुमा गर्व गर्न प्रेरित गरेको छ । गीतमा विपत्तिमा पनि नेपालीहरूको उच्च मनोबल र अदम्य साहसलाई चित्रण गरिएको छ ।