नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आगामी आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ ।

उनले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतिज्ञापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

निर्वाचन नजिकिँदै गर्दा दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेकपा माओवादी, नेपाली कम्युनिष्ट पार्टी(नेकपा), जसपा नेपाललगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेकपा एमाले, रास्वपालगायतका दलले अझै घोषणापत्र सार्वजनिक गरेका छैनन् ।