नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न काठमाडौँमा


काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न नेपाल आएका छन् । कार्यभार सम्हाल्न उनी शुक्रबार नेपाल आएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।

यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशकका रुपमा कार्यरत थिए । चाङ नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो ।