नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य


काठमाडौं । आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए। कप्तान रोहितकुमार पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । करण केसीले १८ र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन जोड्दा कुशल भुर्तेल ५ रन जोडेर पभिलियन फर्किएका थिए ।

लोकेश बम र गुल्सन झा समान ३–३ रन जोडेर आउट भएका थिए । इटालीका लागि कृशान कालुगामाङेले सर्वाधिक ३ विकेट लिए ।

बेन मानेन्टीले २ विकेट लिँदा अलि हसन, जस्प्रित सिंह र जेजे स्मुथले समान १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।