काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । यसअघि माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।


प्रतिक्रिया