काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आज बिहान ८ः३० बजे केन्द्रीय कार्यसम्पादन समितिको जुम बैठक बस्न लागेको हो ।
बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका, केन्द्रीय अनुशासन समिति गठनलगायतका एजेन्डामा छलफल हुने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया