सुदूरपश्चिम सरकारले बैतडीमा बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख, घाइतेको निःशुल्क उपचार गरिदिने


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई एक लाख र घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ गइरहेको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।