बेहुली लिएर फर्किँदै गरेको बस बैतडीमा दुर्घटना


बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा बिहीबार साँझ दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए । पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।