काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट सुनको गरगहना चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ ।
बौद्धस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गरगहना चोरीमा संलग्न एक जनालाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले स्वयम्भू क्षेत्रबाट गोली हानेर उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगंजका प्रेम थारु छन् ।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरेपछि गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । प्रहरीले उनको साथबाट ६५ तोला सुनको गरगहनासमेत बरामद गरेको छ ।
उनले अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत मंगलबार दिउँसो रिन्जी लामाको घरबाट १ करोड ४ लाख रुपैयाँ बराबरको सामान चोरी भएको थियो ।

प्रतिक्रिया