काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको टीमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’को औपचारिक निर्माण घोषणा गरेको हो ।
चलचित्रमा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् ।
यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए । चलचित्र ‘श्रीनिवास’मा अभिमन्यु निरवीको लेखन रहनेछ ।

प्रतिक्रिया