काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्य दलसँग चुनावी गठबन्धनको प्रस्ताव नगरेको बताएकी छन् । अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।
उनले भनिन्, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन। मिडिया ट्रायल बन्द गरौं।’

प्रतिक्रिया