एमाले नेता जितेन्द्र देवद्वारा पार्टी परित्याग


काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी देवले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ । उनी सुरुमा एमालेमै थिए भने पनि विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरममा गएका थिए ।

फोरम नेपाली कांग्रेसमा समाहित भएपछि देव कांग्रेसमा गएका थिए र कांग्रेसबाटै राष्ट्रियसभा सदस्य समेत भएका थिए । तर राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि उनी फेरि एमाले प्रवेश गरेका थिए ।