सिरहामा खेतमा काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या


सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या गरिएको छ । शुक्रबार दिउँसो सिरहा नगरपालिका–१ का ४१ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको हो ।

आफ्नै खेतमा काम गरिरहेको बेला उनीमािथ गोली प्रहार भएको थियो । घटना भएको थाहा पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

तर उनको त्यतिबेलासम्म मृत्यु भइसकेको सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ ।