काठमाडौं । जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।
एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए । यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो ।

प्रतिक्रिया