काठमाडौँ । नेपाली कांग्रेसले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्र कँडेल आधिकारिक उम्मेदवार रहेको भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
पार्टी सभापति गगन थापाले शुक्रबार आयोगलाई पत्र पठाएर कँडेल नै पार्टीको आधिकारिक उम्मेदवार रहेको जानकारी गराएका हुन् ।
कांग्रेस सभापति थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया