यसवर्षको एसईई चैत १९ गतेदेखि(तालिकासहित)


काठमाडौँ । यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आगामी चैत १९ देखि २९ गतेसम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । जस अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी र दोश्रो दिन अनिवार्य नेपालीको परीक्षा हुने छ ।

२२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्धितीय विषयका परीक्षा हुने छन् । २७, २८ र २९ गते प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डले जनाएको छ ।

यसअघिका वर्षमा प्राय चैत पहिलो साता परीक्षा हुँदै आएको थियो । गत बर्ष पनि चैत ७ गतेबाट परीक्षा सञ्चालन गरिएको थियो ।