ताप्लेजुङमा क्षितिज थेबेलाई टिकट, पाएनन् योगेशले


काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमाले अध्यक्ष ओलीले थेबेलाई टिकट दिएका हुन् ।

यसअघि भट्टराई यस क्षेत्रबाट चुनाव जित्दै आएका थिए । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा भट्टराईले उम्मेदवार छनौटलाई लिएर असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।