पाल्पा–२ बाट रुपन्देही–२ नै झरे विष्णु पौडेल


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही– २ बाटै उम्मेदवार बनेका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर तल्लो कमिटीले विरोध गरेपछि पौडेल रुपन्देही–२ मै फर्किने भएका हुन् ।

विष्णु पौडेल रुपन्देहीबाटै उम्मेदवार बन्ने भएपछि पाल्पा–२, को उम्मेदवार अरुलाई बनाउनुपर्ने भएको छ । यसअघि यस क्षेत्रबाट ठाकुर गैरेले जितेका थिए ।