काठमाडौँ । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक( एसएसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उनीहरूलाई सरुवा गरेको जानकारी दिएको हो ।
त्यस्तै हालै बढुवा भएका १० एसएसपीको पदस्थापन समेत भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको भने अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।



प्रतिक्रिया