काठमाडौँ । नेपाली कांग्रेसले आसन्न फागुन २१ को निर्वाचनमा टिकट वितरण वितरण गर्न संसदीय बोर्ड गठन गरेको छ ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने प्रवक्ता देवराज चालिसले जानकारी दिए।
बैठकपछि पार्टी पत्रकारहरुसँग कुरा गर्दै सभापति थापाले एक–दुई दिनभित्र कांग्रेसका सबै नेता एकढिक्का हुने दाबी गरे । उनले पार्टीलाई एकताबद्ध गराउने प्रयासको थालनी भएकोसमेत बताए ।
उनले भने, ‘हामी नेपाली कांग्रेसका साथीहरूलाई एकठाउँमा ल्याउन छलफलमा छौं । एक–दुई दिनभित्रमा यो निर्णय गरिरहेको देख्न पाउनुहुन्छ ।’
उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावको भूमिकाको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया