काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाताको नवनिर्वाचित पार्टी सभापति गगनलाई बधाई दिएकी छन् । शनिबार सामाजिक संजालमार्फत सभापति थापालाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरेकी हुन् । उनले पार्टी र मुलुकले नै युवा चाहेकाले यसलाई अन्यथा लिन नहुने बताइन् ।
उनले भनेकी छन्, ’अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु । म उहाँलाई बीपीको विचार र गिरिजाबाबुको संगठनलाई मनन् गर्न आग्रह गर्दछ ।’
त्यस्तै उनले पार्टीका नेता कार्यकर्तालाई परिवर्तनलाई स्वीकार गर्न आग्रह गरेकी छन् । उनले कांग्रेस विभाजन नभएको पनि बताइन् ।

प्रतिक्रिया