नेकपाले झापा–५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाउने


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रञ्जित तामाङलाई झापा–५ बाट उम्मेदवार बनाउने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले झापा–५ बाट तामाङलाई टिकट दिएका हुन् ।

तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । तामाङले टिकट पाएपछि भनेका छन्, ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुएको छ । नेतृत्वगणलाई आभार सहित झापा क्षेत्र नं. ५ बासी आ मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपील गर्दछु ।’

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । रास्वपाका वरिष्ठ नेता बालेन साह पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने चर्चा छ ।