उम्मेदवारको सिफारिस सूचीबाट आफ्नो नाम हटाउन नारायण खड्काको माग


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रस्तावित उम्मेदवारको सिफारिस सूचीबाट आफ्नो नाम हटाउन माग गरेका छन् ।

खड्काले पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेख्दै उम्मेदवारहरूको सिफारिस सूचीबाट आफ्नो नाम सूचीबाट हटाउन माग गरेका हुन् । यसअघि उनी उदयपुर क्षेत्र नं १ बाट निर्वाचन जित्दै आएका थिए ।

यस्तो छ खड्काको पत्र

श्री मुख्य सचिवज्यू 
नेपाली काग्रेस केन्द्रीय कार्यलय, सानेपा, काठमाण्डु
विषयः मेरो नाम हटाई दिनेबारे ।
महेदय,

उपरोक्त विषयमा नेपाली काग्रेस कोशी प्रदेशकार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य २०८२को लागि उम्मेदवारहरुको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाई दिनु हुनको लागि नेपाली काग्रेसको केन्द्रीय कार्लायको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराई दिनु हुन अनुरोंध गर्दछु । ।
जय नेपाल
डा. नारायण खडका
क्षेत्र नं १ उदयपुर