देउवा पक्षले भन्यो-आयोगको निर्णयविरुद्ध वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्छौँ


काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि खड्काले आयोगको निर्णय विधानविपरीत आएको बताएका हुन् । उनले यसविरुद्ध वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने बताए ।

उनले यो पूर्ण रूपमा षड्यन्त्रपूर्ण निर्णय भएको बताए । उनले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने बताए ।