काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन आयोगमा आधिकारिता दाबी गर्दै केही प्रमाण बुझाएको छ ।
देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका हुन् ।
विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि देउवा समूह वैधानिकताका लागि दबाब दिन शुक्रबार आयोग पुगेको हो । आयोगमा कार्यवाहक सभापति खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतसँगै देउवा समूहका केन्द्रीय सदस्य दबाब दिन आयोग पुगेका थिए ।
गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा देउवा समूह आधिकारिकता दाबी गर्दै केही कागजपत्र र प्रमाणसहित आयोग पुगेको हो ।विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको थियो ।
यसैबीच आयोग पुगेका देउवा पक्षका कार्यवाहक सभापति खड्काले पार्टी नफुट्ने दाबी गरे । उनले भने भने, ‘पार्टी फुट्दैन, फुट्दै फुट्दैन ।’ उनले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरे ।

प्रतिक्रिया