काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।
विज्ञप्ति जारी गरी थानीले भनेका छन्, ‘मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।’
उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गरेका छन् । उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् ।


प्रतिक्रिया