कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि राति २ बजेदेखि मतदान


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । बुधबार राति संशोधित कार्यतालिका प्रकाशित गरिएको हो ।

निर्वाचन समितिका अनुसार संशोधित कार्यतालिका अनुसार राति १० बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशित हुने जनाइएको छ । मतदान भने राति २ बजेदेखि बिहान ५ बजेसम्म हुने छ ।