‘सागर ढकाल रास्वपाबाट डडेल्धुराको ‘फिक्स्ड’ उम्मेदवार’


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले डडेल्धुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने बताएका छन् । बुधबार डडेलधुराका पार्टी प्रतिनिधिहरूसँगको छलफलमा बालेनले ढकाललाई उम्मेदवार बनाउने बताएका छन् ।

उनले यस पटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बनेको हुँदा ढकालले स्वतः जित्ने बालेनले दाबी गरे ।

उनले भने, ‘उहाँले डडेल्धुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्यूजन हो । उहाँ फिक्स्ड हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म ।‘

उनले अघिल्लो पटक पनि लडेको हुँदा बालेनले सागर ढकाललाई डडेलधुरामा टुरिस्ट उम्मेदवार भन्न नमिल्ने तर्क गरे ।रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन ।