काठमाडौँ । पार्टीबाट निस्कासनमा परेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दुबै दृढ रहेको बताएका छन् ।
कारबाहीपछि सामाजिक संजालमार्फत शर्माले भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुबै दृढ छौँ । बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहीनेतृत्व दिनेछ !’
यस्तो छ विश्वप्रकाश शर्माको भनाई
सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने ।
२) बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने ।
३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने ।
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने ।
६) कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने ।
७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने ।
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने िजसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने
मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !

प्रतिक्रिया