अभ्यास खेलमा नेपाल आयरल्याण्डसँग पराजित


काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर अघिको अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

बुधबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाली महिला टिमले १९ ओभरमा अल आउट हुदै १०१ बनाएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो ।

नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ । जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् ।

१० मध्ये शीर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।